आफ्नै छोरीलाई किर्ते नागरिकता बनाएको प्रदेश ३ का सांसदलाई आरोप
गुगलपाटी संवाददाताहेटौंडाः एक जना प्रदेश सांसदले आफ्नी छोरीलाई अर्कै बाबुको छोरी बनाई नागरिकता बनाएको भन्दै गृह मन्त्रालयमा उजुरी परेको तथ्य दैनिकीन्युजले फेला पारेको छ । गृह मन्त्रालयमा दर्ता नम्बर ०५–२०१९–एटीआरएचजीक्युको मिति २०७६ जेठ ७ गते गृहमन्त्रालयमा उक्त गुनासो पत्राचार गरिएको हो ।
धादिङ जिल्ला क्षेत्र नम्बर २ ‘ख’ का प्रदेश सांसद जगतबहादुर सिंखडाले आफ्नै छोरीलाई उनकै भाइ धनबहादुर सिंखडाको छोरी बनाइ जापान पठाएको गृह मन्त्रालयमा परेको उजुरीरगुनासोमा जनाइएको छ ।
कसरी मिलाईयो सेटिङ
अगिन्चोक–१, धादिङका जगतबहादुर सिंखडालाई नजिकबाट चिन्ने स्थानीय बासिन्दाहरुले उनका दुई छोरा र दुई छोरी रहेको दाबी गरेका छन् । जेठी छोरी रोशनी ९जसलाई धनबहादुर सिंखडाको० छोरी बनाएर जापान पठाइएको छ । कान्छी छोरी रेखा, छोराहरु रञ्जित र रोहन छन् । जगतकी श्रीमती लक्ष्मीको दुईवर्षअघि सवारी दुर्घटनामा परेर मृत्यु भएको स्थानीयले बताएका छन् । माओवादीले सुरु गरेको जनयुद्धमा लाग्नु अघि पोखरामा ट्याक्सी चलाउने पेशा गर्ने जगतले छोरीलाई आफूसँगै पोखरामा राखेर पढाएका थिए । २०६८ सालमा व्यवस्थापन संकायमा पोखरामा रहेको अमरज्योती उच्च माविमा रोशनी कक्षा ११ मा भर्ना भएको उक्त उच्च माविले जानकारी दिएको छ । त्यसपछि २०६९ सालमा रोशनीले कक्षा १२ उतीर्ण गरेको कलेजको रेकर्डमा देखिन्छ ।
२०६९ साल असार १० गते रोशनीले आफ्नै काका धनबहादुर सिंखडालाई बाबु बनाएर नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । तत्कालिन अबस्थामा नागरिकता दिने सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल रहेको दैनिकीन्युजलाई प्राप्त कागजातमा उल्लेख छ । रोचक कुरा त रोशनीको कक्षा १२ उतीर्ण भएपछि अमरज्योती उच्च माविले दिएको ‘क्यारक्टर सर्टिफिकेट’मा बुबाको नाम धनबहादुर सिंखडा नै रहेको उल्लेख गरिएको छ । आफ्नो बुबा हुँदा हुँदै कसरी अर्कै बाबू बनाइ नागरिकता दिइयो ? गृह मन्त्रालयमा परेको उजुरीमा प्रश्न गरिएको छ ।
रोशनी कसरी धनबहादुर सिंखडाको छोरी ?
एकजना स्थानीयवासीका अनुसार जगतबहादुर सिंखडाका अर्की आमा पट्टीका हुन्– धनबहादुर सिंखडा । धनबहादुरको दुई जना छोराछोरी छन् । त्यस्तो अबस्थामा रोशनीलाई किन धनबहादुरले आफू बाबू बनेर नागरिकता दिन सिफारिस गरे रु कानुनबिदहरुका अनुसार आफ्नो छोराछोरी हुँदै अर्कैको छोरीलाई बाबू बनेर नागरिकता दिलाउन मिल्दैन । २०५४ सालदेखि तत्कालिन माओवादीमा पूर्णकालिन भएर लागेका जगतले आफ्ना सन्तानको सुरक्षाका लागि भाइको छोरी बनाएको आशंका गर्नेहरु पनि छन् तर त्यसमा भरपर्दो विश्वास गर्ने आधार देखिदैन । यद्यपी रोशनीलाई जगत आँफैले पोखरामा राखेर पढाइका थिए । जापान जानु अघिसम्म रोशनी पोखरामै जगतसँगै बस्ने गरेकी थिइन । उनी कक्षा १२ उतिर्ण गरेर जापान गएकी हुन ।
धनबहादुर पनि जापान मै
त्यसो त धनबहादुर पनि अहिले जापानमै बसेर राम्रै काम गरिरहेका छन् । रोशनीको पनि कमाइ गज्जवकै रहेको बताइन्छ । धनबहादुर आँफै जापान बसिरहेका बेला रोशनीको नागरिकता कसरी उनको नाममा बनाइयो यो भने रहस्यकै विषय रहेको छ ।
प्रदेश सांसद जगतको भूमिका
जगत तत्कालिन माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघको महासचिव भएका थिए । अहिले एमाले निकट जिफन्ट र माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघबीच एकता भएर बनेको ट्रेड युनियन महासंघ नेपालको सह–अध्यक्ष बनेका छन । यातायात क्षेत्रका नेता हुँदै उक्त पदसम्म पुगेका उनले आफ्नै छोरीलाई किन भाईको छोरी बनाएर नागरिकता दिलाए रु यो प्रश्नको उत्तर पाउन सहज छैन ।
कानुनी व्यवस्था के छ ?
कानुनविद्का अनुसार यदि कुनै पनि नागरिकले नेपाली नागरिकता किर्ते गरेको प्रमाणित भएमा उनको नागरिकता बदर हुने र नागरिकता बनाउने, सिफारिस गर्नेलाई समेत एक वर्षदेखि पाँच वर्षसम्म कैद र बीस हजार जरिवाना हुनेछ ।
यस्तो अबस्थामा आफ्नै छोरीलाई भाइको छोरी बनाएर नागरिकता दिने जगत बहादुर सिंखडा विरुद्ध गृह मन्त्रालयमा परेको उजुरी गम्भीर खालको भएको कानुनविद् बताउँछन् । स्रोतः दैनिक न्युज