ब्यवसायी संगठनद्वारा ब्यवसायीलाई चेतावनी
गुगलपाटी संवाददाता हेटौंडा,१२ वैशाखनारायणी यातायात ब्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले यातायात साधन सञ्चालन दर्ता खारेज गर्ने चेतावनी दिएको छ । संयुक्त यातायात आन्दोलन परिचालन कमिटिले बुधबार हेटौंडामा आयोजना गरेको व्यवसायी भेलामा बोल्दै श्रेष्ठले अटेर गरे दर्ता खारेजीसँगै सेवा सुविधाबाट बञ्चित गर्ने चेतावनी दिए ।
‘आन्दोलनको समयमा यातायातका साधन सञ्चालन गरेमा संघबाट पाउने सेवा सुविधा कटौतीसँगै दर्ता खारेज गर्छौ’,उनले भने । श्रेष्ठले १८ गतेदेखि २० गतेसम्म प्रचार र २१ गते एक दिन सांकेतिक रुपमा यातायातका साधन बन्द गरिने बताए । वैशाख २७ गतेबाट अनिश्चितकालिन यातायात सेवा बन्द गर्ने आन्दोलन परिचालन कमिटिका संयोजक बद्रि चौँलागाईले बताए । आन्दोलनको कार्यक्रम अन्तर्गत २१ गते विहान ६ बजे देखि साँझ ६ बजे सम्म यातायात साधन घरघर तथा ग्यारेजमा राख्न सबै व्यवसायीलाई आग्रह गरेको छ ।
भेलामा करिब तीनसय यातायात ब्यवसायी उपस्थित थिए ।