तिब्बतियन युवतीको हत्या गरेको आरोपमा ४ नेपाली पक्राउ
गुगलपाटी संवाददाता हुम्लाकामको खोजीमा तिब्बतको ताकलाकोट पुगेका ४ नेपाली तिब्बतियन युवती हत्या अभियोगमा पक्राउ परेका छन् ।
कामको शिलशिलामा पैसा कमाउने भनेर गएका सर्केगाड गा.पा. २ उनापानी गाउँका तेज फडेरासहित अन्य चार जनालाई चिनिया प्रहरीले १ हप्ता अगाडि ताक्लाकोटमा पक्राउ गरि नियन्त्रणमा लिएको छ ।
नेपाल तिब्बत नाका हुँदै ताक्लाकोटको परागं कन्टीमा पुगेको ति युवाले युुवतीको हत्या गरेको भन्दै पक्राउ गरेको हिल्सामा लामो समयदेखि होटेल व्यवसाय गर्दै आएका सिमकोट १ दोजामका ईन्द्र लामाले बताए । तेज फडेरा बाहेक अन्य ३ जनाको नाम नखुलेको उनले बताए ।
चिनिया प्रहरीले चिनिया युवतीसँग भएको पैसा लुटेर हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउमा परेका चारै जनालाई थप अनुसन्धानका लागि पुराङ काउण्टीको सदरमुकाम टिन्चु लगिसकेको ताक्लाकोट पुगेका नाम्खा १ गाडपारीका उर्गेन लामाले बताए ।
हत्या अभियोगमा ४ जना समातिए पनि बास्तबिक हत्यारा पत्ता लगाइ अनुसन्धान पछि निर्दोष भए छोड्ने चिनिया प्रहरीले बताएको उनले जानकारी गराए ।
घटनापछि ४ जना पक्राउ परेपछि ताक्लाकोटमा नेपाली कामदारलाई कडाई गरिएको छ । चिनिया सरकारको नियम कानुनको परिधि भित्र रहेर काम गर्नु पर्ने र उसको नीति नियम अनुसार चल्नु पर्ने हुँदाहुदै पनि केही व्यक्तिको गलत क्रियाकलाप गरेकाले सबै नेपालीलाई दुःख दिने गरेको लामाको भनाई छ ।
यता यस बिषयमा जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी रामप्रसाद घर्तिमगरलाई सोध्दा आफूलाई जानकारी नभएको बताए ।
दुर्गमका घरघरमा पुगे अपागंता परिचय पत्र विवतरण
हुम्ला । हुम्ला जिल्लामा पहिलो पटक दुर्गमम गाउका घरघरमा पुगेर अपागंता परिचय पत्र वितरण गरिएको छ । जिल्लाको दक्षिणी भेगको ताजाकाटे गउापालिकाको घरघरमा पुगे अपागंता परिचय पत्र वितरण गरिएको सहारा समूहका निर्देशक सुर्य प्रसाद पौड्यालले बताए ।
उनका अनुसार गाउपालिकाको आयोजना र सहारा समुहको आर्थिक तथा प्राविक सहयोगमा १ सय ३० जनालाई नयाँ परिचय पत्र वितरण गरिएको बताए । त्यसैगरि खार्पूनागथ गाउँपालिकामा १ सय ५० जनाको नयाँ तथा पुरानो परिचय पत्र वितरण गरिएको छ ।
अपागंता भएका ब्यक्तिहरु सदरमुकाम सिमकोट आउन नसक्ने भएकाले उनीहरुको सुविधाको लागि गउमा पुगेर घरघरमा गई वितरण कार्यको ब्यवस्था मिलाएको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पखरेलले बताए । पहिलो पटक २ वटा गाउँपालिकामा पुगेर टोलीले परिचय पत्र वितरण गरेको छ । पचिय पत्र घरमा पाउदा अपागंता भएका ब्यक्तिहरुले खुसी ब्यक्त गरेका छन् । खर्च पनि घटेको र दुख पनि नपाउँदा उनीहरुले सरकारको कामको अनुभूति गर्न थालेको बताएका छन् ।