जनस्वास्थ्यको बिजूली लाईन काटियो

गुगलपाटी संवाददाता हेटौंडा
१२ जेष्ठ २०७६ ११:०४

नेपाल विद्युत प्राधिकरण मकवानपूर ले जिल्ला जनस्वास्थ्य कार्यालय हेटौँडाको बत्ति लाइन काटेको छ । लामो समय देखी बिजूलि महसूली भूक्तानी नगरेको भन्दै बिद्यूत कटौती गरी मिटर सिल गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको मिटरमा एमसिबि नभएको र एमसिबि बाइपास गरिएको समेत प्राधिकरणले फेला पारेको छ । करीब ४६ महिनादेखि विद्युत महशुल नबुझाएको भन्दै लाइन कटिएको प्राविधिक दिनेश खरेलले जानकारी दिए ।

यता जिल्ला जन स्वास्थ्य मात्र हैन बक्यौता रकम रहेका सबै क्षेत्रको लाईन काट्ने तयारीमा रहेको र वक्यौताको रिपोर्ट हेरेर सोही आधारमा लाइन काट्ने योजनमा हाम्रो छलफल भैरहेको कार्यालय प्रमुख शम्भु खुर्सेतले जानकारी दिए । आफुले पटक पटक आग्रह गर्दा पत्र मार्फत् अनुरोध गर्दा पनि लाखौँ वक्यौता भुक्तानी नगर्नेहरुको सूचि तयार गरेर फिल्ड एक्सनमा जान निर्देशन दिइसकेको प्रमखु खुर्सितले जानकारी दिए ।

पछिल्लो चरणमा विद्युत वक्यौता नतिर्ने ग्राहकको रिपोर्ट लेखा शाखाले सूचि तयार पारिसकेको छ र सोही अनुसार कार्यालयको टीम बनाएर बत्तिको लाइन काट्न फिल्डमा खटिरहेको लेखा अधिकृत शिव राईले बताए ।

जनस्वास्थ्यलाई लाइन काटेपछि १३ लाख ९ हजारको प्रतिलिपि बिल दिएर छिटोभन्दा छिटो वक्यौता बुझाउन आग्रह गरिएको प्राविधिक खरेलले जानकारी दिए । जनस्वास्थ्य कार्यालयको बिद्यूत कटौती गरेपछी हेटौडा अस्पतालको प्रशासन बिभाग पनी अन्धकारमा रहेको छ । हेटौडा अस्पतालको प्रशासन बिभागमा समेत जनस्वास्थ्य को लाईन बाट बिद्यूत उपभोग गर्दै आएको थियो ।
‘प्राधिकरणले वक्यौता रहेका ग्राहकहरुलाई पटक पटक वक्यौता तिर्नको लागि अनुरोध गर्दा पनि महशुल नबुझाएको लाइन काटेका हौ’ प्राविधिक खरेल ले जानकारी दिए । विद्य््त महशुल नतिर्ने करीब ६२ जना ग्राहकको लाइन नियमित रुपमा काटिने लेखा शाखाका रमेश पराजुलीले बताए ।

यस्तै हेटौँडा को पनी धेरै रकम बक्यौता देखिन आए पछी अस्पतालको बिद्यूत लाईन पनी काट्न गएको टोली अस्पताल बिकास समितीका अध्यक्ष प्रकाश पौडेल संग छलफल गरी छिट्टै नै रकम तिर्न पहल गर्ने र आबस्यक प्रक्रिय अघी बढिसकेको जानकारी दिए पछी अस्पतालको आकस्मिकता लाई हेरेर लाखौँ वक्यौता भएपनि अस्पतालले मन्त्रालयबाट रकम निकासाको पहल गरिहेको र मन्त्रालयबाट बजेट आएपछि तिर्ने समेत बताइको छ । हाल हेटौँडा अस्पतालको बत्तिको लाइन भने काटिएको छैन । पत्रकार हरू को टोली सहित बक्यौता रकम तिर्न बाकी रहेका हरूको लाईन काट्न बिद्यूत प्रधिकरण अग्रसर भएर लागेको हो ।