झापाका जिल्ला अध्यक्ष पक्राउ

गुगलपाटी संवाददाता बिर्तामोड
१३ जेष्ठ २०७६ ०६:४९

झापामा नेत्रविक्रम चन्द विप्लवु नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा दलित मुक्ति मोर्चाका झापाका जिल्ला अध्यक्ष प्रवीण दर्नाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोशाकको प्रहरी टोलीले आइतबार बिर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ परेका दर्नाललाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

यसअघि पनि झापाको विभिन्न स्थानबाट ६ जना विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।अधिकांश नेता कार्यकर्ता झापाको बिर्तामोडबाट पक्राउ परेका छन्।