अर्थमन्त्रीद्वारा आर्थिक सर्वेक्षण पेश- वैदेशिक रोजगारीमा जाने ३५ प्रतिशतले घटे
गुगलपाटी संवाददाता काठमाडौं१३ जेष्ठ २०७६ ०७:४९
अर्थमन्त्री युवराज खतिवडाले यस वर्षको आर्थिक गतिविधि जनाउने आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभामा आर्थिक गतिविधिको संक्षिप्त विवरण सार्वजनिक गर्दै सर्वेक्षण सार्वजनिक गरेका हुन् । संसदमा जनाइए अनुसार यस वर्ष ७ प्रतिशतले आर्थिक वृद्धि हुने छ ।
‘निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या १८.७ प्रतिशतमा झरेको छ,’ खतिवडाले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै भने। यस अघि निरपेक्ष गरिबीको रेखामुनी रहेको जनसंख्या २१.६ प्रतिशत रहेको थियो। २.९ प्रतिशत विन्दुले घटेको सर्वेक्षणले जनाएको छ।
‘वैदेशिक रोजगारीमा जानेको संख्या ३५.९ प्रतिशतले घटेको छ,’ उनले भने। रेमिट्यान्स आप्रवाह २३.४ प्रतिशतले वृद्धि भइ ५ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको उनले बताए।
‘४.२ प्रतिशत मुद्रार्स्फीति रहने। धेरै दशक यता आन्तरिक बचतले २० प्रतिशत विन्दु नाघेको छ,’ उनले भने। फागुन मसान्तसम्ममा शोधानान्तर स्थीति ५९ अर्ब घाटामा रहेको बताए। ‘यस अवधिमा चालु खाता १ खर्ब ९१ अर्बले घाटामा रहेको कारण विप्रेषण अप्रवाह २३.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ८२ पुग्दा पनि हाम्रो भुक्तानी सन्तुलनमा केहि चाप परेको छ,’ उनले भने। सार्वजनिक ऋण ९ खर्ब पुगेको उनले बताए । स्रोत : कान्तिपरदैनिक