प्रदेश ३ को पहिलो जित

गुगलपाटी संवाददाता काठमाडौं
१३ जेष्ठ २०७६ ०९:३४

 प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले पहिलो जित हात पारेको छ। सोमबार भएको खेलमा प्रदेश ३ ले प्रदेश ५ लाई ६ विकेटले पराजित गर्यो।

पहिले ब्याटिङ गरेको प्रदेशले ४२ ओभरमा अलआउट हुँदा १२२ रन मात्र जोड्यो। उसका लागि सुभेन्दु पाण्डेले सबैभन्दा बढी २० रन जोडे। बलिङमा प्रदेश ३ का कप्तान पारस खड्काले ४ विकेट लिए। उनले १० ओभरमा ३ मेडन रख्दा २४ रन दिए।

१ सय २३ रनको लक्ष्य प्रदेश ३ ले २१.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। प्रदेश २ का लागि रित गौतमले ३७ र रविन जोशीले ३५ रन बटुले। इशान पाण्डेले नटआउट २१ रन र अदिल खानले नटआउट १२ रन जोडे। कप्तान पारस १ रन र अभिषेक बस्नेतले २ रन मात्र जोड्न सके। यसअघि प्रदेश ३ पहिलो खेलमा एपिएफसँग पराजित भएको थियो।