मुख्यमंत्री पौडेलले भनेःराजधानीको ग्यारेन्टी छैन
गुगलपाटी संवाददाता मकवानपुर,१३ बैशाख
प्रदेश नम्बर ३का मुख्यमंत्री डोरमणी पौडेलले हेटौंडालाई नै ३ नम्बर प्रदेशको स्थायी राजधानी बनाउने कुरामा आफूले ग्यारेन्टी लिन नसक्ने बताएका छन् ।
पत्रकरा ऋषि धमलासंगको एक रेडियो बहस कार्यक्रममा बिहीबार कुराकानी गर्दै मुख्यमंत्री पौडेलले ३ नम्बर प्रदेशको राजधानी १३ जिल्ला मध्ये कुनैपनि ठाउँमा हुने सक्ने बताए । उनले आफ्नो चाहना ३ नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा होस् भन्ने भएपनि त्यो संभव नभएको बताए । राजधानीको सवालमा अबको तीन महिना भित्रमा निर्णय हुने भएकाले अब सदनमा यस बिषयमा बहस हुने बताए । उनले प्रदेश नम्बर तीनको राजधानी हेटौंडा मात्रै नभइ नुवाकोट,काभ्रे,भक्तपुर जुनसुकै स्थानमा पनि हुने सक्ने बताए । राजधानीको सवालमा प्रचण्ड र वा केपी ओलीका बोलीहरुको पनि अर्थ नभएको बताए ।
संसदको दुई बिहाइ बहुमतले जे निर्णय गर्छ त्यो आफू सहित सबैले मान्नुपर्ने हुंदा हेटौंडा नै स्थायी राजधानी हुनेमा आफूले जिम्मा लिन नसक्ने बताएका छन् । उनले हेटौंडा जस्तो भौतिक पूर्वाधार युक्त स्थान अन्यन्त्र पनि भएकाले राजधानी जुनसुकै जिल्लामा हुने बताएका छन् ।