मकवानपुरमा करेन्ट लागेर २ को मृत्यु, २ जना घाईते
गुगलपाटी संवाददाता हेटौंडा१३ जेष्ठ २०७६ १०:०७
इन्द्रसरोवर गाउँपलिका वडा नं ३ सिस्नेरीको कुइन्टारमा ११ हजार भोल्टेजको करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
काठमाडौबाट इपा खानीखोला हाइड्रोपावरको लागि ट्रान्समिटर बोकेर आउँदै गरेको टेलर गाडीका चालक र जेसिबीका चालकको करेन्ट लागेर मृत्यु भएको हो । टिलर सिस्नेरीको कुइन्टार आइपुग्दा बाटोमा रहेको पोलको टारमा ट्रान्समिटरले छोएपछी ड्राइभर र सहचालक लाई करेन्ट लागेको र करेन्ट लाग्दै गरेका चालकलाई बचाउन जाँदा जेसिबी चालक लाई समेत करेन्ट लागेपछि चालकदलका दुबैजनाको मृत्यु भएको स्थानिय सन्तोष बानियाँले बताए ।
मृत्यु हुनेमा टिलर चालक वर्ष ३५ का बेलकोटगढी ७ मझुवा का विशाल तामाङ र जेसिवी चालक तीनपटन गाउँपालिका आमबोटेका वीर बहादुर मगर रहेका छन् । चालक करेन्टको झट्काबाट दुबै सवारीमा रहेका सहचालक दल र अन्य एक जना भने घाइते भएका छन् । घाइतेहरुको नाम खुलेको छैन । स्थानियका अनुसार टिलरलाई बाटोको खाल्डा खुल्डिका कारण समस्या भएपछी सहायताका लागि जे सि बि समेत साथमा आउँदै गरेको थियो ।