३ प्रदेशमा विश्व विद्यालय प्राज्ञिक स्वतन्त्रता हुने गरी प्रतिवेदन पेश

गुगलपाटी संवाददाता
१३ जेष्ठ २०७६ १५:१०

हेटौंडा : ३ नम्बर प्रदेशको प्रदेश विश्वविद्यालय स्थापना सम्बन्धी अध्ययन तथा सिफारिस गर्न बनेको कार्यदलले मुख्यमन्त्री डोरमणि पौडेललाई सोमबार प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनमा प्रदेश विश्वविद्यालयहरु अहिलेको तुलनामा बढि प्राज्ञिक स्वतन्त्रता हुुनुपर्ने, आर्थिक लगानी तथा वित्तिय व्यवस्थापन आफैंले गर्न सक्ने हुनुपर्ने, उच्च स्तरको शैक्षिक अध्ययन र अनुसन्धान केन्द्रको रुपमा हुनुपर्ने विशेषता रहेको छ । ३ नम्बर प्रदेश सरकारको पुस २९ गतेको मन्त्री परिषद्को निर्णय अनुसार प्रदेश ३ मा विश्वविद्यालय गठन गर्ने तथा सञ्चालन गर्न सामाजिक विकास मन्त्रीको संयोजकत्वमा कार्यदल बनेको थियो । कार्यदलमा विश्व विद्यालयका क्षेत्रका विज्ञहरु डा. युवराज संग्रौला,प्रा.डा. रमेश प्रसाद भटटराई प्रा.डा. अन्जना सिं प्रा.डा. हरिकृष्ण श्रेष्ठ र इन्जिनियर डा.जगत बहादुर श्रेष्ठ रहेको कार्यदल रहेका छन् ।