जहाजको उडान ३८ मिनेट ढिलो गराएपछि मेक्सिकोकी मन्त्री राजीनामा दिन वाध्य
गुगलपाटी संवाददाता एजेन्सीएक जहाजको उडान ३८ मिनेट ढिलो गराएपछि मेक्सिकोकी वातारणमन्त्री पदबाट राजीनामा दिन व्याध्य भएकी छिन् ।
समयमै विमानस्थल पुग्न नसक्ने भए पछि मन्त्रीले आफ्नो शक्तिको दुरुपयोग गरेर जहाज उडान ढिलो गराएकी थिइन् ।
तर यो अभ्यास मेक्सिकोको राष्ट्रपतिको कानुनी शासनको वाचा विरुद्ध रहेको भन्दै व्यापक आलोचना भएको थियो ।
वातारवण मन्त्री जोसेफा गान्जालेज अघिल्लो शुक्रबार मेक्सिकोको उत्तरी छिमेकी अमेरिकी सिमानामा रहेको सहर मेक्सिकालीतर्फ उड्न लागेकी थिइन् ।
तर कुनै कारणले ढिलो भएपछि उनले जहाजको पदाधिकारीलाई फोन गरेर जहाज उड्न ढिलाई गर्न आग्रह गरिन् । स्रोतका अनुसार ती पदाधिकारी मन्त्रीकी साथी हुन् ।
यस कार्यको मेक्सिकाको वामपन्थी राष्ट्रपति एण्ड्रे म्यानुअल लोपेस ओब्रेडरले पनि आलोचना गरेका छन् । शनिवारको घटनामा टिप्पणी गर्दै लोपेजले भनिन् ,‘जहाजमा रहेका त्यत्रा यात्रुले उनलाई पर्खनु पर्यो । यो निक्कै खेदजनक अवस्था हो ।’
सोही जहाजमा रहेका एक यात्रुले ट्वीटरमा जहाज उड्नै लाग्दा एक जना आउन बाँकी यात्रुलाई पर्खन ‘राष्ट्रपति निर्देशन’ आएकाले जहाजमा एनाउन्स भएको भन्दै ट्वीट गरेका थिए ।
पछि मन्त्री गोन्जालेज आएपछि कयैन यात्रुले उनको तस्विर खिचेर, आक्रोशपूर्ण टिप्पणी सहित समाजिक संजालमा पोष्ट हालेका थिए ।
ती पोष्टहरु भाइरल भएपछि गोन्जालेजले एक विनम्रतापूर्वक चिठ्ठी लेख्दै राजिनामा दिएकी छिन् । चिठ्ठीमा लेखिएको छ ,“मेरो कर्मको कुनै प्रष्टिकरण दिन चाहदिन । मेक्सिकोको साच्चै रुपान्तरणको लागि स्वच्छता र न्यायका मूल्यमा पूर्ण अनुसरण हुनुपर्छ ।”
त्यसपछि थप अर्को ट्वीट गर्दै गोन्जाल्वेजले लेखेकी छिन्, बाहिर खबर आएजस्तो जहाज रोक्नलाई कुनै ‘राष्ट्रपति निर्देशन आएको थिएन जति गल्ति थियो मेरै दोष हो ।’
लोपेज आव्रेडोरले अघिल्लो डिसेम्बरमा ऐतिहासिक जित हासिल गर्दै राष्ट्रपति पद सम्हालेका थिए । त्यस क्रममा उनले गरिब जनताको लागि काम गर्ने र दशकौं रुपान्तरणको नेतृत्व गर्ने वाचा गरेका थिए ।
सो वाचाको केन्द्रमा मेक्सिकन राजनीतिज्ञ र निजामती कर्मचारीको विशेषाधिकार अन्त्य गर्ने विषय छ । त्यस अन्तर्गत सरकारी पदाधिकारीले जहाज वा हेलिकप्टर चार्टर गर्न नपाइने बरु आवश्यक परे आम सर्वसाधरणले प्रयोग गर्ने व्यवसायिक जहाज प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको थियो ।