यस्तो पनि दिन आयो,टम्पले गरे कीमको प्रशंसा

गुगलपाटी संवाददाता मकवानपुर,१३ बैशाख
१३ बैशाख २०७५ ०८:२८

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनको प्रशंसा गरेका छन् । ट्रम्पले उत्तर कोरियाली नेता किम निकै सम्मानित व्यक्तित्व भएको बताएका छन् । उनले नेता किमसँग छिटै भेट्ने पनि बताएका छन् ।

अमेरिकाले उत्तर कोरियाली नेता किमको लामो समयदेखि आलोचना गर्दै आएको थियो । उनी बर्बर, तानाशाह र झेली भएको भन्दै किमको आलोचना गरिएको थियो । जनविरोधी भएको भन्दै किमका बाबु र बाजेको पनि ट्रम्पले आलोचना गरेका थिए ।

एक्कासि अमेरिकी राष्ट्रपति ट्रम्पको यो भनाइले सबैलाई चकित बनाएको छ । यो भनाइसँगै कोरिया र अमेरिकाबीच वार्ता सफल हुने अनुमान गरिएको छ । ट्रम्पले भने, ‘उनी ९किम जोङ उन० निकै खुला भएका छन् । हामीले यो देखेका छौं । यसबाट उनी निकै सम्मानित व्यक्ति हुन् ।’ उत्तर कोरियाले कैयौं प्रतिबद्धता व्यक्त गरे पनि यस्तो वातावरण निर्माण हुनु सुखद भएको ट्रम्पले बताएका छन् ।

गत वर्ष अमेरिकी राष्ट्रपति ट्रम्पले किमलाई ‘लिटिल रकेट म्यान’ भन्ने नाम दिएका थिए । उनले उत्तर कोरियालाई ध्वस्त पार्ने धम्की पनि दिएका थिए । त्यसको बदलामा किमले ट्रम्पलाई बौलाहाको संज्ञा दिएका थिए ।एजेन्सीको सहयोगमा