आईनजिओको कार्यक्रममा मकवानपुरका पत्रकारलाई दुर्वव्यवहार

गुगलपाटी संवाददाता
१५ जेष्ठ २०७६ १०:०७

हेटौंडा : मकवानपुरको सुकौरामा विद्यालयको पुनः निर्माणको लागि एक आईएनजिलो गरेको कार्यक्रममा पत्रकारहरुलाई दुव्र्यवहार भएको छ ।
अमेरिकी अन्र्तराष्ट्रिय गैरसरकारी संस्था युएसएआईडीले मकवानपुरको ६ वटा विद्यालय र दुई वटा स्वास्थ्य चौकी बनाउने भन्दै मकवानपुरगढी गाउँपालिकाको सुकौरामा संयुक्त भुमि पुजन कार्यक्रम राखेको थियो ।

तामझाम सहित प्रचारात्मक गरिएको कार्यक्रममा आयोजककै निमन्त्रणमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुलाई आयोजकले नै दुव्र्यवहार गरेका हुन् । समाचार संकलनको क्रममा सुकौराको जनता माध्यामिक विद्यालयको निर्माण स्थल तर्फ जाँदै गरेका कान्तिपुर टेलिभिजनका पत्रकार बालकृष्ण अधिकारीलाई क्यामरा राखिएको झोला तानेर अधिकारीले रोक्ने प्रयास गरेका थिए । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुरले उक्त घटना देखेपछि त्यसो नगर्न आग्रह समेत गर्नुपरेको थियो । उक्त घटनापश्चता निर्माण स्थलमा पुगेका केहि पत्रकारलाई युएसआईडीका सहायक योजना निर्देशक एड्रियाना हेयज आएकोले निर्माण स्थलमा जानलाई रोकेका थिए । उक्त स्थानमा युएसआईडीको लोगो भएको हेल्मेटर ज्याकेट लाएर जानुपर्ने बताए पछि पत्रकारले उक्त हेल्मेट र ज्याकेट माग गर्दा पाएका थिएनन् । पत्रकारहरु केशव सर्मपण सुवेदी, अमृत चिमरिया लगायतलाई निर्माण स्थलमा जान नदिएका हुन् । पत्रकारहरुले पछि आयोजक सँग सोधपुछ गरेपछि आयोजकले माफि समेत मागेको थियो ।
युसआईडीले मकवानपुरका भुकम्पले पुर्णक्षति भएका जनता माध्यामिक विद्यालय,महेन्द किरण माध्यामिक विद्यालय, भृकटी माध्यामिक विद्यालय, वनदेवी आधारभुत विद्यालय, ज्ञानज्योती आधारभुत विद्यालय, युग चेतना आधारभुत विद्यालय, सुकौरा स्वास्थ्य चौकी र काँकडा स्वास्थ चौकी निर्माण गर्दैछ । उक्त संरचनाको लागि ९ करोड भन्दा धेरै खर्च गर्ने युसआईडीले जनाएको छ । बुधबार सुकौरामा तामाझामको साथ उद्घाटन गराएको छ । आयोजकले स्थानीय जनता माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई मध्ये घाममा अमेरिकी झण्डा बोकेर उभिन लगाएका थिए । आयोजकले अमेरकी सरकारको प्रचारमा विशेष जोड दिएको कार्यक्रम स्थलमा देखिन्थ्यो ।