स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड बजेट विनियोजन

गुगलपाटी संवाददाता काठमाडौं
१५ जेष्ठ २०७६ ११:१६

 सरकारले आगामी आर्थिक वर्षका स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड बजेट विनियोजन गरेको छ । संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो रकम विनियोजन गरेको जानकारी दिए । यस्तै भक्तपुरको दुवाकोटमा वीर अस्पतालको भवन बनाउन ४० करोड बजेट विनियोजन गरिएको छ । सरकारले आगामी तीन बर्ष भित्र सातओटै प्रदेशमा अत्याधुनिक निदान केन्द्र सञ्चालनमा ल्याउने खतिवडाले बताए । विपन्न वर्गका लागि उपचारमा सहयोग गर्न २ अर्ब अनुदान छुट्टाइएको छ । अर्थमन्त्रीका अनुसार विभिन्न प्रकारका आठओटा रोगमा विपन्न वर्गले यो सहुलियत प्राप्त गर्न सक्नेछन् ।