सांसदलाई ६ करोड बजेट !
गुगलपाटी संवाददाता काठमाडौं१५ जेष्ठ २०७६ १२:१२
चौतर्फी आलोचनामा परेको सांसदले बाँड्न स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम (सांसद विकास कोष) को रकम बढाएर ६ करोड पुर्याएको छ ।
संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को लागि वार्षिक आय–व्ययको अनुमान (बजेट) पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सांसद कार्यक्रमको रकम २ करोड बढाएर ६ करोड पुर्याएका हुन् ।