१२ औं एक दिवसिय क्रिकेट विश्वकपमा आज इङ्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दै
गुगलपाटी संवाददाताबिहिबारबाट सुरू हुने १२ औं एक दिवसिय क्रिकेट विश्वकपको बुधबार लण्डनमा उद्घाटन गरिएको छ।
प्रतियोगिताको लण्डन मल बाहिर उद्घाटन भएको हो। यसअघि प्रतियोगिताको उद्घाटन रंगशालामा हुने गरेकोमा पहिलो पटक प्रतियोगिताको उद्घाटन रंगशाला बाहिर गरिएको हो।
विश्वभरबाट छनौट गरिएका ४ हजार व्यक्तिलाई भेला पारेर यसपटकको विश्वकप उद्घाटन गरियो।
उद्घाटनअघि विश्वकपमा सहभागी १० राष्ट्रका कप्तानहरूले बेलायतकी महारानी एलिजावेथसँग भेट गरेका थिए। भेटपछि १० कप्तानसँग महारानीले फोटोसमेत खिचाइन्।
सन् १९९२ पछि पहिलोपटक राउण्ड रविनका आधारमा खेलाइन लागेको यस विश्वकपमा कुल ४८ खेल हुनेछन्।
प्रतियोगिताको उद्घाटन खेल आयोजक इङ्ल्याण्ड र दक्षिण अप्रिकाबीच हुँदैछ।