मेक्सिकोमा दुर्घटना हुँदा १२ जनाको मृत्यु
गुगलपाटी संवाददाता एजेन्सी
मेक्सिकोको पूर्वी भागमा बुधवार एउटा ट्रक र तीर्थयात्रु बोकेको बस ठोक्किँदा कम्तीमा २१ जना मारिएको अधिकारीहरूले जनाएका छन् ।
तीस अन्य घाइते भएका छन् ।
अधिकांश पीडितहरू चियापासस्थित क्याथोलिक तीर्थस्थलमा बस्थे र राजधानी मेक्सिको सिटीबाट फर्किरहेका थिए । त्यहाँ उनी भर्जिन अफ गुआडालुपलाई प्रार्थना गरेर फर्किंदैथिए ।
फोरेन्सिक विज्ञहरूले बसबाट १७ यात्रुको शरीर फेला पारे भने ट्रकमा दुई व्यक्ति मारिएको भेटे ।
चियापासमा टक्सट्ला गुटीरेजको क्याथोलिक संस्थाले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै वक्तव्य निकालेको छ ।
दुर्घटना माल्ट्राटा डाँडामा रहेको राजमार्गमा भएको थियो । त्यहाँ समुद्र सतहभन्दा दुई हजार मिटर माथि रहेका चुचुरामा सडक बनाइएका छन् ।