मकवानपुरका ११ जना संविधानसभा सदस्य सम्मानित

गुगलपाटी संवाददाता
१६ जेष्ठ २०७६ १२:५१

हेटौंडा : मकवानपुरका ११ जना संविधानसभाका सदस्यहरु राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज सम्मानित भएका छन् ।
२०६४ र २०७० मा निर्वाचित संविधानसभा सदस्यहरुलाई गणतन्त्र दिवसको अवसरमा शितलनिवासमा आयोजित समारोहमा संविधानसभा पदक तथा सम्मानपत्रबाट सम्मान गरिएको हो ।


सम्मानित हुने मकवानपुरका संविधानसभा सदस्यहरुमा तत्कालिन नेकपा एमालेबाट गोविन्दराम चेपाङ, सुभाषचन्द्र ठकुरी,अनन्त पौडेल, राजाराम स्याङ्तान रहेका छन् । तत्कालिन नेकपा माओवादी केन्द्रबाट कुमारी मोक्तान, प्रेम बहादुर पुलामी, प्रल्हाद लामिछाने, दिल बहादुर घिसिङ र शेर बहादुर पहरी सम्मानित भएका हुन् ।
नेपाली काँग्रेसबाट मकवानपुरका इन्द्र बानियाँ र महालक्ष्मी उपाध्याय (डिना) संविधानसभा पदक तथा सम्मानपत्रबाट सम्मानित भएका छन् ।