कांग्रेसद्वारा प्रदेश स्ंवसेवकको चर्को विरोध

गुगलपाटी संवाददाता
१६ जेष्ठ २०७६ १४:५१

हेटौंडा : सामाजिक विकास मन्त्रालय अन्र्तगत राखेर प्रदेश सरकारले खटाएका प्रदेश स्ंवसेवकको नेपाली कांग्रेसका सांसदहरुले चर्को विरोध गरेका छन् । नेकपा सरकारले आफ्ना कार्यकर्ताहरु भर्ति गराउने कार्य गरेको भन्दैचर्को विरोध गरेका हुन् । कांग्रेसका संसदीय दलका नेता इन्द्र बहादुर वानियाँले प्रदेश स्ंवसेवक हटाउन माग समेत गरेका छन् । यस्तै नेपाली कांग्रेसका प्रदेश सभा सदस्य न्हुच्छे नारायण श्रेष्ठले प्रदेश स्ंवसेवकले के गर्दै छ भनेर सरकारलाई प्रश्न गरेका थिए । कांग्रेसकै प्रदेश सभा सदस्य भीमसेन खत्रीले प्रदेश स्वयंसेवक किन राखिएको सरकारले कारण दिनुपर्ने बताएका थिए । कांग्रेसकी प्रदेश सभा सदस्य रजनी जोन्छे अमात्यले सरकारले कार्यकर्ता पोस्न स्वयंसेवकको नाममा रकम स्वाहा पार्न खोजेको बताएकी थिइन । ३ नम्बर प्रदेशले निर्वाह खर्च दिएर ११५ जना प्रदेश स्वयंसेवक खटाईसकेको छ ।