सरकार परिवर्तन हुन्छ: वामदेव गौतम
गुगलपाटी संवाददाता
प्युठान– नेकपाका सचिवालय सदस्य वामेदव गौतमले सहमतिअनुसार सरकार परिवर्तन हुनुपर्ने बताएका छन् । शुक्रबार प्रेस संगठन नेपालले प्युठानमा गरेको पत्रकार सम्मेलनमा नेता गौतमले सहमतिअनुसार नै पार्टी सञ्चालन हुने पनि बताए ।
‘नेकपाले पाँच वर्ष सरकार सञ्चालनको जिम्मा पाएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले पालोपालो सरकार चलाउने सहमति भैसकेको छ । त्यही अनुसार सरकारको नेतृतव परिवर्तन हुन्छ’ गौतमको भनाई छ ।
दुई दिन अघिमात्रै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता घोषणा अघि आफु र प्रधानमन्त्री ओलीबीच अढाई अढाई बर्ष प्रधानमन्त्री हुनेगरी लिखित सहमति भएकाले त्यो सहमति तोडिए कसैलाई राम्रो नहुने चेतावनी दिएका थिए । स्रोतः रातोपाटी