साझा विवेकशील मकवानपुरमा मैनाली

गुगलपाटी संवाददाता
१८ जेष्ठ २०७६ १५:०८

हेटौंडाः साझा विवेकशील साझा पार्टी मकवानपुरको संयोजकमा राजन मैनाली चयन भएका छन् । आज शनिबार केन्द्रीय संयोजक रविन्द्र मिश्रले माटोको टिका लगाई संयोजक घोषणा गरेका हुन् । पार्टीले मकवानपुरका २० भन्दा धेरै वृद्धाहरु, अटो,मयुरीका महिला चालक श्रमिकहरुलाई सम्मान गरेको थियो ।
कार्यक्रममा बोल्दै साझा विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक रविन्द्र मिश्रले राजनीतिक पद्धती परिवर्तन नभई देशमा भ्रष्ट्राचारको अन्तय हुन नसक्ने बताएका छन् । साझा विवेकशील साझा पार्टी मकवानपुरको जिल्ला संयोजक घोषणा कार्यक्रममा बोल्दै उनले जताततै भ्रष्ट्रचार देखेर युवा विक्षीप्त भइसकेको बताएका हुन् । उनले कम्युनिष्ट र कांग्रेस संगको आस्था परिवर्तन गरेर इमानको राजनीति गर्न समेत आग्रह गरेका थिए । कार्यक्रममा साझा विवेकशीलका संगठन विभाग प्रमुख मुमाराम खनाल, प्रदेश संयोजक समिक्षा बाँस्कोटा लगायतको उपस्थिती रहेको थियो ।