घुस सहित अख्तियार हेटौंडाले समात्यो वडाध्यक्ष
गुगलपाटी संवाददाता
हेटौंडाः अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयबाट खटिएको टोलीले एक वडाध्यक्षलाई घुस सहित पक्राउ गरेको छ । बारा जिल्लाको महागढीमाई नगरपालिकमा –६ का वडाध्यक्ष रामजी प्रसाद बराईले वडाको एक विद्यालयको कम्पाउण्ड बनाउन उपभोक्ता समिति सँग घुस लिंदै गर्दा हेटौंडाको टोलीले पक्राउ गरेको हो । सुचनाको आधारमा घुस लिँदा लिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले वडाध्यक्ष बराईलाई कलैया ७ बाट पक्राउ गरेको हो ।
विद्यालयको भवन निर्माण गर्न उपभोक्ता समितिले वडाध्यक्षलाई माग गरेपछि वडाध्यक्ष बराईले २ लाख ७५ हजार घुस मागेको अख्तियारले सुचना पाएको थियो । अख्तियारले वडाध्यक्ष बराईलाई मंगलबार साँझ हेटौंडा ल्याएको छ ।