समिक्षा कार्यक्रम सम्पन्न
गुगलपाटी संवाददाता हेटौंडाजिल्ला आयोजना कार्यन्वयन इकाई (शिक्षा्) ले हाल सम्म गरेका कामको आज समिक्षा कार्यक्रम सञ्चालन गरेको छ । इकाईका प्रमुख बद्रीबहादुर पाठकले मकवानपुरमा निर्माण गरेका विद्यालय भवनको कार्यप्रगति र अब गरिदै गरेका कामको बारेमा जानकारी गराएका छन् ।
२०७२ सालको भुकम्पका कारण पूर्ण रुपमा भत्कीएका विद्यालयहरु भवनहरु अरु जिल्लाको तुलनामा मकवानपुरमा निर्माणको गति अगाडी रहेको बताउनुभयो । छिटो भन्दा छिटो टहरा र भत्क्एिका विद्यलय भवनबाट विद्यार्थीलाई पक्की सुविधा सम्पन्न विद्यालयमा ल्याउने उदेस्यका साथ काम गरिएको उहाँको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख तथा जिल्ला स्तरिय सहजीकरण समितिका संयोजक रघुनाथ खुलालले निर्माण गरिएका बिद्यालय भवन गुणस्तरिय बनाउनका लागि सुझाब दिनुभयो ।
बिद्यालय भवन निर्माण भएपछी अहिले टहरा र भुकम्पले क्षेति भएका बिद्यालयमा बसेर पवढ्नुपर्ने बाध्यता भने हट्ने छ । कार्यक्रममा शिक्षा बिकाश समन्वय इकाइका प्रमुख लिला गौतम, जिल्ला आयोजना कार्यन्वयन इकाई ९शिक्षा०का प्राबिधिक र अरु कर्मचारीहरुको सहभागिता रहेको थियो ।