कैलालीमा विनाशकारी हावाहुरी, १५ जनाभन्दा बढी घाइते भएको प्रहरीको अनुमान
गुगलपाटी संवाददाताकैलाली ; कैलालीमा विनाशकारी हावाहुरीका कारण १५ जनाभन्दा बढी घाइते भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। बिहिबार साँझ करिब साढे सात बजेतिर आएको हावाहुरीले धेरै घर,बाटो र बिजुलीका पोलमा क्षति पुगेको प्रहरीले जानकारी दिउको छ।
हावाहुरीका कारण धेरै नै क्षति भएको तर मानवीय क्षतिको विवरण भने आइनसकेको तर १५ जनाभन्दा बढी नै घाइते भएको कैलाली प्रहरीका एसपी सुदीप गिरीले बताए।
ुहावाहुरीका कारण बिजुलीका पोल ढलेको, बाटो अवरुद्ध भएको, घरका छानो उडाएको, गाडी थिचेको जताततै देखिएको र अहिले घाइतेको उद्धारको काम भइरहेको छ,ु एसपी गिरीले भने।
धनगढी उपमहानगरको ढुंगेबजार क्षेत्र हावाहुरीबाट बढी प्रभावित भएको समेत उनले जानकारी दिए। बिजुलीका पोल ढलेका कारण विद्युत सेवा समेत अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको एसपी गिरीले उल्लेख गरे। क्षतिको पूर्ण विवरण आउन बाँकी छ।
नेपाल लाईभबाट साभार गरिएको