बौद्धबाट गोली प्रहार गरी छिरिङ प्रहरीको नियन्त्रणमा

गुगलपाटी संवाददाता काठमाडौँ
२४ जेष्ठ २०७६ १०:०२

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बौद्धको अत्तरखेलबाट गोली प्रहार गरी छिरिङ तामाङलाई नियन्त्रणमा लिएको छ ।

उनको दाहिने खुट्टामा गोली लागेको छ। महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार तामाङ आधा दर्जनभन्दा बढी लुटपाटको घटनामा स‌लंग्न अभियुक्त हुन्। प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिन खोज्दा प्रतिकार गरेर भाग्न खोजेपछि खुट्टामा गोली प्रहार गरिएको एसएसपी थापाले बताए।

तामाङका अन्य पाँचजना साथीहरु भने यसअघि नै पक्राउ परिसकेको पनि उनले बताए।

तपाईको प्रतिक्रिया