लोकसेवा विज्ञापन खारेजीको माग गर्दै राजधानीमा प्रर्दशन

गुगलपाटी संवाददाता काठमाडौँ
२४ जेष्ठ २०७६ ११:४८

समावेशी समानुपातिक सिद्वान्तको भावना र मर्म विपरित प्रकाशित गरिएको भन्दै लोकसेवा आयोगको विज्ञापन खारेजीको माग गरिएको छ । अखिल नेपाल आदिबासी जनजाति महासंघ, आदिबासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल र पहिचानमा आधारित संघीय गठबन्धनले आज राजधानीमा उक्त बिज्ञापन खारेजीको माग गरेका छन ।

असमावेशी विज्ञापन खारेज गर, संवैधानिक अधिकार सुनिश्चित गर, संवैधानिक सिन्द्वान्तको भावना र मर्म बिपरित खोलेको लोकसेवा आयोगको बिज्ञापन तुरुन्त खारेज गर भन्दै प्रर्दशनकारीले नारा लगाएका थिए ।