यस्ता छन् मेथीको सागको फाइदाहरु !
गुगलपाटी संवाददाता एजेन्सीपौष्टिक एवं स्वस्थकर मेथीको साग खानाले स्वास्थ्य सम्बन्धी कैयौँ समस्या समाधान हुने बताइन्छ ।
यसमा प्रोटीन, फाइबर, भिटामिन सी, पोटासियम र आईरन पर्याप्त मात्रामा पाईन्छ । यस्तै विभिन्न तत्वका कारण मेथीको प्रयोगले मानवको स्वास्थ्य र सौन्दर्य दुवैका लागि फाइदाजनक मानिन्छ ।
कब्जियतको समस्याबाट बचाउँछः
कब्जियत वा पाचनसम्बन्धी समस्या भएका मानिसहरुका लागि मेथी निकै उपयोगी मानिन्छ । यसको सेवन गर्नाले पाचन क्रियामा सकारात्मक असर पर्छ । साथै कब्जियत तथा ग्याँस लगायतका समस्याहरु पनि टाढा हुने बताइन्छ । यदी घरमा बच्चाहरुको पेटमा जुका परेमा हरियो मेथीको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । यसका लागि हरियो मेथीको रस बच्चाहरुलाई खुवाउनुपर्छ । जसले गर्दा पेटमा रहेका कीराहरु मर्छन् ।
सौन्दर्य बढाउँछ :
मेथीको प्रयोगले सौन्दर्यतालाई पनि बढाउँछ । यसले चाउरी पर्न लागको छालालाई कसीलो बनाउँछ । अनुहारमा चमक ल्याउँछ । मेथीको पातलाई पीसेर पेष्ट बनाई अनुहारमा २० मिनटसम्म राख्ने र सुकीसकेपछि सफा पानीले धुनाले अनुहारको सौन्दर्यता बढ्छ । यसका अतिरिक्त कपालका लागि पनि यो फाईदाजनक हुन्छ । यसलाई पीसेर कपालमा लगाउनाले कपाल कालो, बाक्लो र चमकदार हुन्छ ।
मुटुरोग तथा डाइबिटीजमा फाईदा:
मेथीको साथ मुटुका बीरामीहरुका लागि पनि निकै फाइदाजनक हुन्छ । मेथी पोटासियमका लागि सबैभन्दा राम्रो स्रोत हो । यसले सोडियमको प्रभाव कम गरेर मुटुको गति र रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ ।
यसका लागि नियमित मेथीको तरकारी बनाएर खानुपर्छ । यसले मुटुसँग जोडिएका कैयौं रोगबाट छुटकारा मिल्छ । यसका अतिरिक्त यसले डाइबिटीजका रोगीहरुका लागि पनि निकै फाईदाजनक हुन्छ । मेथीमा घुलनशील फाईबरले रगतमा सुगरलाई नियन्त्रण गर्न मद्दत गर्छ । डाईबिटीज रोगीहरुले सुगर नियन्त्रण गर्नका लागि मेथीको रस बनाएर पीउनाले फाईदा पुग्छ ।
यसका अतिरिक्त महिनावारीको समयमा शारीरिक समस्याहरु जस्तै उल्टी गर्न मनलाग्नु, छटपटी हुनु तथा मनोभावमा परिवर्तन आउने जस्ता समस्याका लागि मेथीको साग उपयोगी हुन्छ । त्यस्तै महिलाहरुमा स्तनको आकार सानो भएमा मेथीको सेवन गर्दा फाईदा हुन्छ ।
यसमा पाईने एस्ट्रोजन हर्मोनले स्तनको आकार बढाउन मद्दत पुग्छ । एक शोधका अनुसार मेथी शरीरमा कोलेस्ट्रलको स्तर कमगर्न मद्दत गर्ने पाइएको छ । चिसो समयमा यदी घुडा दुख्ने समस्या भएमा मेथीको सेवनबाट फाईदा पुग्छ ।