सिआईटीले ३ सय २ विद्यार्थीलाई छात्रवृत्ति दिँदै
गुगलपाटी संवाददाता हेटौंडाहेटौंडामा विगत ११ वर्ष देखि कम्पयुटर तालिम प्रदानमा छात्रवृत्ति दिँदै आएको कलेज अफ इनफरमेसन एण्ड टेक्नोलोजी(सिआईटी) ले यो वर्ष पनि छात्रवृत्ति दिने भएको छ ।
छात्रवृत्तिको लागि आज सिआईटीमा भएको परिक्षामा ३ सय २ जनाले सहभागिता जनाएका छन् । परिक्षार्थीहरुले आफुले ल्याएको अंकको आधारमा कम्युटर सफ्टवेयरमा डिप्लोमा गर्न छात्रवृत्ति पाउने सिआईटीका प्रबन्ध निर्देशक दिनेश रिजालले बताए ।
एक सय पुर्णाङ्कको परिक्षमा जति नम्बर ल्याउन सके त्यति नै प्रतिशत छात्रवृत्ति पाउने रिजालले बताएका हुन् । गत शैक्षिकमा ३ जनाले पुर्ण छात्रवृत्ति पाएको समेत उनले बताएका छन् । २०६५ सालबाट सुरु भएको छात्रवृत्तिले हाल सम्म करिब ६ हजार प्रशिक्षार्थीहरु लाभान्दित भइसकेको उनले बताए । परिक्षाको नतिजा आगामी मंगलबार हुने भएको छ ।