अध्यक्ष लामाले भने : “सहमती अनुसार काम हुन्छ”
गुगलपाटी संवाददाता हेटौंडाभीमफेदी गाउँपालिकाको ९ नम्बर र २ नम्बर बीच देखिएको खानेपानीको विवादको विषयमा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले सहमतीको आधारमा काम हुने बताएका छन् । दुई वडा बीच पुर्व सहमती अनुसार हालको बाघमारा–लामिडाँडा खानेपानीकै मुहानबाट ६३ एमएमको पाईपबाट पानी ल्याउने र नयाँ मुहान प्रयोग नगर्ने तथा आवश्यक परेमा पुर्नविचार गर्न सकिने भन्ने सहमति भएको ९ नम्बर वडाका वडाध्यक्ष प्रकाश पुडासैनीले बताएका छन् ।
शुक्रबार गाउँपालिकामा भीमफेदी ९ का स्थानीयले सहमती अनुसार काम हुनु पर्ने भन्दै डेलिगेशन आएका थिए । गाउँपालिका अध्यक्ष हिदम लामाले शुक्रबार भीमफेदी ९ का स्थानीयहरुलाई वडा अध्यक्षहरुसंग भएको सहमती कार्यान्वयन गर्ने गरि निर्देशन दिएपछि आफु गाउँपालिकाको अन्य काममा गएको बताए । ‘मैले कुनै पनि बिवादित अभिव्यक्ति दिएको छैन’, लामाले भने । जनतामा विवाद हुने अभिब्यक्ति नदिएको र नदिने समेत उनले प्रष्ट पारेका छन् ।