कर्मचारीप्रति कठोर बन्दै लालबावु
गुगलपाटी संवाददाता भैरहवासंघिय मामिला तथा समान्य प्रशसान मन्त्री लालबाबु पण्डितले कर्मचारीहरुलाई जागिर अघि राष्ट्रको नाममा खाएको सपथ सम्झिनलाई आग्रह गर्दै खटाएको ठाउँमा नजानेले जागिर छोड्दिने चेतावनी समेत दिएका छन् ।
कर्मचारीहरुले जागिर अघि सरकारले खटाएको जुनसुकै ठाउँमा २४ घण्टा भित्र हाजिर भएर सेवा दिने भन्ने सपथ खानुभएको छ उनले भने खाएको सपथ कहि कतै कसैले बिर्सिनुभएको छ भने म सम्झाउन चाहान्छु।
केन्द्र, प्रदेश र स्थानिय तीनवटै तहमा कर्मचारीहरुको व्यवस्थापन भइरहेको बताउँदै उनले थपे सरकारले खटाएको ठाउँमा म जान्न भन्न पाउनुहुन्न। सरकारले खटाएको ठाउँमा जानुपर्छ।
उनले खटाएको ठाउँमा जानका लागि कर्मचारीहरुले माग गरेको सुविधा दिन नमिल्ने उल्लेख गर्दै कर्मचारीको तलब, भत्ता वृद्धिको विषयको बजेट विनियोजनको क्रममा छलफल गर्ने सकिने बताए।
उनले भने यदि कसैले सरकारले आफु खटाएको ठाउँमा जाने तर विशेष सुविधा लिएर मात्रै जाने भन्ने सोचमा हुनुहहुन्छ भने त्यस्तो कुनै पनि सुविधा सरकारले दिदैन। तलब भत्ता वृद्धिको कुरा छ भने बजेट अघि छलफल गर्न सकिन्छ। उनले सरकारले कर्मचारीलाई जान चाहेको १५ स्थान लिखित दिन सक्ने र ती स्थान मध्ये सरकारले एक स्थानमा पठाउने हुदाँ कर्मचारीको लागि सुविधा रहेको बताए।
उनले अहिलेको सरकार स्थिर रहेको कारण विकास, सुशासन र पारदर्शी सेवाको लागि कन्जुसयाई नहुने बताउँदै एमाले र माओवादी केन्द्रबीचको एकताको विषयमा छलफल भइरहेको कारण छिटै एकता हुने बताए ।