मानव अधिकारको विषयमा अन्तरक्रिया

गुगलपाटी संवाददाता  हेटौंडा
२७ जेष्ठ २०७६ ०६:२२

 मानव अधिकारमुखी बिकास पद्धति विषयक एक दिवसीय गोष्ठी भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग ३ नम्बर प्रदेशको आयोजनामा भएको कार्यक्रममा मानव अधिकारको विषयमा प्रदेश सरकारले खेल्ने भुमिका लगायत विषयमा अन्तरक्रिया भएको हो ।

कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल र भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले आफ्नो भनाई राखेका थिए ।

मन्त्रीहरुले प्रदेश सरकार मानव अधिकारको सवालमा सधैं सचेत रहेको बताए । कार्यक्रममा ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।