बाल मनोविज्ञअधिकारी घुस रकम सहित पक्राउ
गुगलपाटी संवाददाता हेटौंडाजिल्ला अदालत रूपन्देहकी बाल मनोविज्ञ शान्ति अधिकारीलाई घुस लिइरहेका अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ।
नाबालिक सवारी ज्यानसम्बन्धी मुद्दा मिलाइदिन्छु भनेर सेवाग्राहीसँग १० हजार रूपैयाँ घुस लिइरहेका अवस्थामा अख्तियार क्षेत्रीय कार्यालय बुटवलबाट गएको टोलीले अधिकारीलाई पक्राउ गरेको हो।अधिकारीलाइ विद्युत प्राधिकरणको भैरहवा कार्यालय परिसरबाट नगद रकम सहित पक्राउ गरेको जनाइएको छ।
अधिकारीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।