गणेश थापाका छोरा गौरव र अभिषेकले स्पोर्टस कम्प्लेक्स संचालनमा ल्याए

गुगलपाटी संवाददाता काठमाडौं
२८ जेष्ठ २०७६ ०९:०७

अखिल नेपाल फुटवल संघका पुर्व अध्यक्ष गणेश थापाका छोरा गौरव र अभिषेकले ललितपुरको ढोलाहिटीमा स्पोर्टस कम्प्लेक्स संचालनमा ल्याएका छन्। चार रोपनी क्षेत्रमा उनीहरुले ३ करोड ५० लाखभन्दा बढी खर्चेर अन्तराष्ट्रिय मापदण्डको स्पोर्टस कम्प्लेक्स निमार्ण गरेका हुन्।

मंगलबारबाट फुटसल र स्वीमिङ संचालनमा आएको छ। एक्टिभ स्पोर्टस कम्प्लेक्स नाम दिइएको सो कम्प्लेक्समा व्यायामशाला, साउना र स्पा पनि छिट्टै संचालनमा आउने अभिषेकले बताए। स्वीमिङपुलको २५ मिटर लम्बाई र १५ मिटर चौडाइ छ।

उपत्यकमा पछिल्लो समय फुटसल खेलको महत्व बढ्दै गएको, युवाहरु यस खेलप्रति आकर्षिक हुदै गएपछि यही क्षेत्रमा लगानी गरिएको अभिषेकले बताए। फुटसल मैदानमा सेभेन ए साइड खेलसमेत गर्न सकिने उनले बताए।

एशियाली फुटबल परिषद् एएफसी र अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफामा ८ वर्ष भन्दा बढी जागिरे जीवन विताएका गौरवसँग फुटवल सम्बन्धि राम्रो ज्ञान छ।
उनी वर्ल्ड क्लवको ग्राउण्ड म्यानेजरसमेत भएर काम गरिसकेका छन्। स्पोर्टस कम्प्लेक्सले खेल क्षेत्रमा थप मद्दत पुग्ने आशा लिइएको गौरवले बताए।

स्रोत : सेतोपाटी