माइतीघर मण्डला घटनाको सरकारले नैतिक जिम्मेवारी लिन्छ : गृहमन्त्री
गुगलपाटी संवाददाता काठमाडौंगृहमन्त्री रामबहादुर थापाले जनताको शान्तिपूर्ण विरोध गर्न पाउने अधिकारको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गुठीसम्बन्धी कानूनलाई एकीकरण गर्न बनेको विधेयकका विषयमा लिएर स्थानीय माइतीघर मण्डलमा आइतबार भएको घटनाबारे संसदलाई जानकारी दिँदै उनले उक्त घटनाको सरकारले नैतिक जिम्मेवारी लिने बताए ।
‘शान्तिपूर्ण विरोध प्रदर्शन गरेका कारण नभई सार्वजनिक आवागमनलाई अवरोध तुल्याएकाले आन्दोलनकारीमाथि पानीको फोहरा र हल्का बल प्रयोग भएको हो,’ गृहमन्त्री थापाले भने, ‘जनताको शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने अधिकारलाई कुण्ठित गर्ने सोच सरकारको छैन।’