थाहाका दुई विद्यालय पुन निर्माणको अनुगमन
गुगलपाटी संवाददाता थाहाजिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरले मकवानपुरका दुई विद्यालयको पुनर्निर्माणको अनुगमन गरेको छ । सोमबार मकवानपुरको थाहा नगरपालिकाका दुई विद्यालयको अनुगमन गरेको हो ।
अनुगमनको क्रममा थाहा नगरपालिका–९ मा रहेको जनक प्राविको दूई कोठे भवन समयमा नै सकिएको पाइएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरको २३ लाख अनुदानमा विद्यालय व्यवस्थापन समिति मार्फत उक्त भवन निर्माण भएको हो । गत पुस १० गतेबाट सुरु भएको काम फुगन १७ गते सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवशंकर नगरकोटीले जानकारी दिएका छन् ।
मंगलबार नै थाहा नगरपालिका–९ नम्बरमा रहेको स्वछन्द भैरव माविको चार कोठे भवनको पुनर्निमाणको अनुगमन पनि गरिएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरको ६७ लाख अनुदानमा निर्माण भएको उक्त भवनको निर्माण सम्पन्न भएता पनि विद्युतीय वाईरिङ र रङरोंगन बाँकी रहेको अनुगमनको क्रममा भेटिएको थियो । जिल्ला शिक्षा समितिका प्रमुख रघुनाथ खुलालका प्रमुख आतिथ्यता तथा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरको अगुवाईमा अनुगमन भएको हो ।