मकवानपुरमा १७३ जना शिक्षकले करारमा जागिर पाउने

गुगलपाटी संवाददाता हेटौंडा
२८ जेष्ठ २०७६ १०:३१

आउँदो श्रावणबाट नाम निकाल्न असफल भएका अस्थायी शिक्षकहरुको अवधी समाप्त हुने भएपछि मकवानपुरमा १७३ जना शिक्षकले करारमा जागिर पाउने भएक छन् ।

मकवानपुरको सबै स्थानीय तहमा गरि १७३ जना अस्थायी शिक्षकले जागिर गुमाएको कारण अब नयाँ प्रक्रियाबाट ति स्थानमा शिक्षक नियुक्त गर्ने तयारी गरिएको हो ।
शिक्षा विकास तथा समन्वय इकाईबाट अनुमति लिएर करारमा शिक्षक नियुक्त गर्ने तयारी सुरु भैसकेको छ । मकवानपुरको सबै गाउँपालिकामा सञ्चालमा रहेको विद्यालयमा शिक्षक राख्ने प्रक्रिया सुरु भैसकेको इकाइका प्रमुख लिलानाथ गौतमले बताए ।

करारको अवधी एक वर्षको हुने उनले बताए । यो पटा सबैभन्दा धेरै बकैया तथा कैलाश गाउँपालिकामा करारमा शिक्षकले जागिर पाउने भएका छन् ।