चित्लाङको होम स्टेमा पर्यटकको आकर्षण बढ्दै
गुगलपाटी संवाददाता चित्लाङमकवानपुरको उत्तरी क्षेत्रमा रहेको पर्यटकीय नगरी थाहाको चित्लाङमा पर्यटकहरुको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय होमस्टेको विकासले गाउँ नै होमस्टे गाउँको रुपमा परिणत हुँदै गएको छ । थाहा नगरपालिका ९ नम्बरमा रहेको चित्लाङमा होमस्टे फस्ट्याउँदै गएको स्थानीय वासिन्दाले बताउँछन् ।
चित्लाङका होस्टे सञ्चालक बुद्धरत्न मानन्धरले पछिल्लो समय पर्यटकको संख्यामा तिव्र रुपमा वृद्धि भइरहेको बताएका छन् । पहिले भन्दा अहिले दैनिकरुपमा होम स्टेको लागि पर्यटक थपिरहेका बताए तत्कालिन राणा सरकारका प्रमुखहरु सिकार खेल्न आउँदा शासकहरुले आराम गर्नको लागि स्थानीय बासिन्दाको घर र सामाग्री प्रयोग गर्ने जसवापत सरकारको तर्फबाट केहि पैसा, गहना दिने चलनबाट घरमा पाहुना राख्ने अर्थात होमस्टेको सूरुवात भएको स्थानीय अगुवाहरुको भनाई छ । तत्कालिन जिविस मकवानपुरको सहयोगमा २०६८ स्थानीयले चार होमस्टे स्थापना गरे पछि व्यवसायिक रुपमा चित्लाङमा होमस्टे चलेको हो । राणाहरुको शासनकालमा चित्लाङको हावा(स्याँठ) लिन घर समेत बनाएको स्थानीयहरुको भनाई छ ।
उक्त घरलाई अहिले पनि स्याँठ घर घर भनेर चिनिन्छ । गुर्जुधारा होमस्टे अगाडी रहेको गुर्जुधारामा महाकवी लक्ष्मि प्रसाद देवकोटाले “यात्री” कविता लेखेका थिए । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको चित्लाङमा ऐतिहासिक तथा साँस्कृतिक महत्व झल्कने धेरै बस्तुहरु भएता पनि प्रचार हुन नसकेको बताए ।