पोखरामा चल्यो गोली, लागुऔषत कारोबारी नियन्त्रणमा

गुगलपाटी संवाददाता पोखरा
२९ जेष्ठ २०७६ ०६:४९

काठमाडौः पोखराको उत्तम चोकमा प्रहरीले गोली चलाएको छ।

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए। प्रहरीले गोली प्रहार गरी जोन भनिने गोविन्द थापालाई नियन्त्रणमा लिएको छ।

लागुऔषध कारोबार गरेको आरोपमा प्रहरीको खोजीको सूचीमा रहेका थापासँग प्रहरीको जम्काभेट हुँदा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको दाबी गरेको छ। गोली थापाको बायाँ खुट्टामा लागेको एसपी कार्कीले बताए।

तपाईको प्रतिक्रिया