भ्याट तिनुपर्ने भन्दै कपडा व्यवसायीले आन्दोलन गर्ने

गुगलपाटी संवाददाता हेटौंडा
२९ जेष्ठ २०७६ ११:५६

नेपाल कपडा सिलाई तथा व्यवसायी महासंघले सरकारले भर्खरै मात्रै ल्याएको बजेट प्रति आपत्ती जनाउँदै आन्दोलन गर्ने जनाएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेका बजेटमा कपडा सिलाई तथा व्यवसायीले अनिवार्य रुपमा मुल्य अभिवृद्धि कर(भ्याट)मा दर्ता गर्नुपर्ने व्यवस्था गरेको भन्दै आपत्ती जनाएको हो । नेपालको भौगोलिक अवस्था र व्यवसायीको अवस्था हेरेर थ्रेस होल्ड कायम गरेर मात्रै नीति तय गर्नु पर्ने भन्दै महासंघले ध्यानाकर्षण गराउन आन्दोलन गर्ने तयारी गरेको हो ।

आन्दोलनको स्वरुप अनुसार बुधबार देशभरिकै जिल्ला प्रशासन मार्फत महासंघले सरकारलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको छ । सरकारले ल्याएको नीति तत्काल लागु गर्दा व्यवसायको हितमा नहुने भन्दै सरकारको ध्यानकषर्ण गराउने महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले बताएका छन् ।

तपाईको प्रतिक्रिया