बझाङमा भुकम्पको धक्का

गुगलपाटी संवाददाता बझाङ
३१ जेष्ठ २०७६ १०:०४

जिल्लाको छबिसपाथीभेरा गाउँपालिका –४ कोटदरबार नजिक केन्द्रबिन्दु बनाएर भुकम्प गएको छ । शुक्रबार दिउँसो १२ बजेर २२ मिनेटमा ४ रेक्टरस्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतका भुकम्प विद् दिपक बस्नेतले बताए ।

यसै बर्षको सुरुवातदेखि बझाङ जिल्ला लाई केन्द्रबिन्दु बनाएर तिन पटक भुकम्पका गएको भुकम्प मापन केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । नेपाल मै भुकम्पको उच्च जोखिममा रहेको यस जिल्लामा गत बर्ष पनि पटक पटक गरि २७ पटक भुकम्पको केन्द्र बिन्दु बनाएको र परामम्पन महसुस भएको समेत थियो ।