इङ्‍ल्याण्डको पहिलो सफलता

गुगलपाटी संवाददाता एजेन्सी
३१ जेष्ठ २०७६ १०:२५

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक इङ्ल्याण्डविरुद्ध ब्याटिङ गरिरहेको वेष्ट इन्डिजले पहिलो विकेट गुमाएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिजले पहिलो विकेटका रुपमा ओपनर इभिन लेविइसलाई २ रनमा गुमाएको हो । आयोजक इङ्ल्याण्डलाई पहिलो सफलता दिलाउने क्रममा क्रिस वोक्सले लेविइसलाई बोल्ड गरेका थिए ।

साउथह्याम्पटनस्थित द रोज बलमा वेष्ट इन्डिजको इनिङस क्रिस गेल र साई होपले सम्हालिरहेका छन् । ताजा अवस्थामा वेष्ट इन्डिजले ७ ओभरको समाप्तीमा १ विकेट गुमाएर २६ रन जोडेको छ ।

तपाईको प्रतिक्रिया