३ नम्बर संसदमा गुठि विधेयकको चर्को विरोध

गुगलपाटी संवाददाता हेटौंडा
३१ जेष्ठ २०७६ १२:५१

३ नम्बर प्रदेशसभाको आज बसेको बैठकमा सत्ता पक्षका सहित प्रदेशसभा सदस्यहरुले संघीय संसदमा पेश भएको गुठी विधेयकको चर्को विरोध गरेका छन् । प्रदेशसभाको विशेष समयमा बोल्ने सत्तापक्ष र प्रतिपक्ष दुबैतर्फका प्रदेशसभा सदस्यहरुले विधेयकको विरोध गरेका हुन् ।

बैठकमा बोल्दै नेकपाका प्रदेशसभा सदस्य राजकाजी महर्जनले गुठि विधेयकले संस्कृति, परम्परा र मुटुमाथि प्रहार गरेको बताए । नेकपाका मूख्य सचेतक रामेश्वर फुँयालले गुठी पुरानै ढंगले संचालन हुन नसक्ने बताउँदै परिस्कृत र परिमाजर्न आवश्यक रहेको बताए । उनले संस्कृतीको रक्षा गर्दै गुठिहरुलाई व्यवस्थित रुपमा चलान नेकपा सरकारले काम गर्ने दाबी गरे ।

नेकपाकै सांसद सरेश नेपालले गुठि विधेयक पुरानो भएको बताउँदै गुठिका जग्गा संरक्षण तथा मोहिहरुको अधिकारको लागि विधेयक आवश्यक रहेको बताए । आजको प्रदेशसभाको वैठकमा प्रदेश मामिला समिति र उद्योग पर्यटन तथा वातावरण समितिको आर्थिक वर्ष २०७५÷०७६को वार्षिक प्रतिवेदन पनि पेश भएको छ ।