हेटौंडामा देउवा आक्रोश, गुठि विधेयक पास नहुने दाबी
गुगलपाटी संवाददाता हेटौंडाहेटौंडा : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा केपि ओली सरकार प्रति आक्रोशित भएका छन् । उनले सरकारले ल्याएको गुठि विधेयक कुनै पनि हालतमा संसदबाट पास गर्न नदिने बताए । हेटौंडामा आजबाट सुरु भएको नेपाली कांग्रेस निकटको नेपाल सांस्कृतिक संघको जिल्ला सभापतिहरुको भेला तथा प्रशिक्षणको उद्घाटन कार्यक्रममा बोल्दै देउवाले ओली सरकारले संस्कृतीमाथि हमला गरेको भन्दै गुठि विधेयक कुनै पनि हालतमा संसदबाट पास गर्न नदिने दाबी गरेका हुन् ।
उनले सरकार अधिनायकवादी शैलीमा अगाडी बढेको तर विकास भने केहि पनि नदेखिएको बताएका छन् । उनले सरकारले प्रेसलाई नियन्त्रण गर्न खोज्ने, गीतकार तथा कलाकारहरुको स्वतन्त्रता हनन् गर्ने काम गरिरहेको आरोप लगाएका हुन् । निर्मला पन्तको हत्यारा अझै सम्म पत्ता लगाउन नसकेको भन्दै ओली सरकारले काम भन्दा गफ बढि गरेको आरोप लगाए । यस्तै नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसलाई धेरै सिद्याउन खोजेता पनि नसकेको र नसक्ने बताएका हुन् । संगित क्षेत्रमा आफ्नो पनि लगाव रहेको भन्दै सरकारले कला संस्कृती माथि हमला गरेको समेत बताए । उद्घाटन सत्रमा नेपाली कांग्रेसका नेताहरु सह महामन्त्री प्रकाशशरण महत, नेता प्रकाशमान सिंह, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीना, ३ नम्बर प्रदेशका संसदीय दलका नेता ईन्द्र बहादुर वानियाँ लगायतको उपस्थिती रहेको थियो । संघका केन्द्रीय सभापति तीर्थबहादुर थापा सभापतित्वमा भएको कार्यक्रममा मन्तव्य राख्ने अधिकांश नेताहरुले गुठि विधेयकको विरोध गरेका थिए । भोली सम्म चल्ने भेलामा ७७ वटै जिल्लाका सभापति र विधागत संघका १० जना सभापतिहरु सहितको बन्दसत्र जारी छ । कार्यक्रममा नेपाली कांग्रेस प्रति आस्था राख्ने राष्ट्रिय स्तरका कलाकारहरुले प्रस्तुती समेत दिएका थिए ।