प्रहरी इन्स्पेक्टर हुँ भन्दै सार्वजनिक सवारीमा लुट्ने ८२ जना पक्राउ

गुगलपाटी संवाददाता काठमाडौँ
१ असार २०७६ १०:४५

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सार्वजनिक सवारी र स्थानमा चोरी गर्ने गत जेठ महिनामा ८२ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये सौगात मल्ल पनि एक हुन् ।

मल्ल आफू नेपाल प्रहरीबाट आएको भन्दै सार्वजनिक सवारीमा लुट्ने गरेको खुलेको छ। सिभिल प्रहरी भनेर दाबी गर्दा रहेछन्,‘ महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने।

सार्वजनिक सवारीमा चोरीका गतिविधि बढेको भन्दै विशेष अप्रेसन सञ्चालन गरेको थियो। प्रहरीले नियन्त्रणमा लिएकामा ७८ जना पुरुष र ४ जना महिला रहेका छन्।