हेटौंडामा गर्मी बढेपछि पाँच दिनका लागि विद्यालय बन्द

गुगलपाटी संवाददाता मकवानपुर
१ असार २०७६ ११:०२

 हेटौंडामा अत्यधिक गर्मी बढेपछि सरकारी तथा निजी विद्यालय पाँच दिनका लागि बिदा दिइएको छ ।

पढ्न आएका विद्यार्थीहरु गर्मीका कारण एक्कासी बेहोस हुने, ढल्ने, स्कुलमा बस्न नसक्ने भएका कारण नगरक्षेत्रभरका विद्यालयलाई पाँच दिनका लागि बिदा दिइएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।

भोलि सोमबारदेखि शुक्रबार सम्मका लागि हेटौंडाका निजी तथा सरकारी विद्यालयलाई बिदा गरिएको हो । अहिले गरिएको बिदा अरु समयको बिदामा मिलान गर्नेगरी दिइएको बताइएको छ ।

तराइका जिल्लाजस्तै हेटौंडामा पनि शनिवारदेखि अत्यधिक गर्मी बढेको छ । निजी तथा सरकारी विद्यालयका शिक्षक, अभिभावकको आग्रहपछि विद्यार्थीलाई छुट्टी दिइएको मेयर महतले बताउनुभयो ।

हेटौंडाको तापक्रम ४० डिग्री सेल्सियस

हेटौँडा उपमहानगरपालिका शिक्षा शाखाका अधिकृत सरस्वती कोईरालाले सूचना जारी गर्दै अत्याधिक गर्मिको कारण वर्षे विदामा कट्टी हुने गरि पाँच दिन बिदा दिईएको हो ।