सुरक्षा नभएको भन्दै सबै डाक्टर बिदामा
गुगलपाटी संवाददाता डडेलधुराअस्पतालमा काम गर्ने वातावरण नभएको र जतिबेला पनि आक्रमण हुने खतरा रहेको भन्दै डडेल्धुरा अस्पतालका सबै डाक्टर बिदामा बसेका छन्।
अस्पतालमा कार्यरत ११ जना डाक्टरले सुरक्षाको कारण देखाउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्र कँडेललाई बिदामा बस्ने पत्र बुझाएका हुन्।
पत्रमा डाक्टरहरुले प्रमुख जिल्ला अधिकारीबाट सुरक्षा दिनुको साट्टो उल्टो डर र धम्की दिँदै गैरजिम्मेवार रुपमा प्रस्तुत भएको उल्लेख छ। अस्पतालमा हुलदंगा गर्नेलाई कारबाहीको दायारामा नल्याएसम्म काममा फर्कने वातावरण नभएको कुरा पनि पत्रमा उल्लेख छ।
अस्पतालमा उपचाररत एक सुत्केरीको मृत्युपछि अस्पतालमा आक्रमण भएको थियो। मृतकका आफन्त र अन्य समूहले अस्पताल परिसरमा मात्र नभई सडकमा पुगेर टायर बाल्नेदेखि नाराबाजी समेत गरेका थिए।