कम्युनिष्ट सरकार धर्म विरोधी

गुगलपाटी संवाददाता हेटौंडा
२ असार २०७६ ११:४६

 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ट सरकार धर्म विरोधी भएको बताएका छन् । सोमबार गृह जिल्ला मकवानपुर आएर पत्रकार सम्मेलन गर्दै गुठि सम्बन्धी विधेयक ल्याएर कम्युनिष्टहरु धर्म विरोधी भएको प्रमाणित गर्न खाजेको भन्दै सरकारको नियत माथि नै थापाले प्रश्न गरेका हुन् ।

गुठि विधेयक तत्काल फिर्ता गर्न सरकार संग माग गर्दै उनले गुठि विधेयकले राजनीतिक परिवर्तनलाई चुनौती दिएको समेत दाबी गरेका छन् । अध्यक्ष थापाले सरकारले द्धन्द्व सिर्जना गर्न खाजेको बताए । जनमत विपरित विधेयकहरु ल्याउने काम गरेको भन्दै सरकार समयमा नै नसच्चिए राजनीति दुर्घटना तिर जाने बताएका हुन् ।

उनले सरकारले प्रेस विरोधी मिडिया काउन्सिल विधेयक ल्याएको बताएका छन् । ओली सरकारले मानव अधिकार सम्बन्धी, राष्ट्रिय सुरक्षा सम्बन्धी तथा गुठि सम्बन्धी विधेयक ल्याएर वैचारिक ध्रविकरण सिर्जना गर्न खोजेको आरोप लगाएका हुन् । गुठि विधेयकको विषयमा बोल्दै पुर्व उपप्रधानमन्त्री समेत रहेको थापाले विधेयकको २२, २३ र २४ दफा आपत्तिजनक रहेको बताएका हुन् ।