प्रदेश सांसदले रकम नपाउने

गुगलपाटी संवाददाता
२ असार २०७६ १३:१२

हेटौंडा : तीन नम्बर प्रदेशका सांसदहरुले सांसद विकास कोष वा अन्य कुनै पनि नाममा सांसदले मात्रै छुट्टै बजेट नपाउने भएका छन् । प्रदेशको सन्तुलित विकासको लागि भनेर प्रदेश सरकारले १ अर्ब ९८ करोड छुटएको छ ।
तर सो रकम खर्च गर्न सरकारले खर्च गर्ने क्षेत्रका स्थानीय तहका जनप्रतिनिधी, उक्त क्षेत्रका समानुपातिक र प्रत्यक्ष सांसद सहितको उपस्थितीमा प्रदेश सरकारले योजना दिने गरि कार्यविधि बन्ने मन्त्री ढुङ्गेलले दावी गरे ।
प्रदेश सरकारको बजेट कार्यान्वयनको अवस्थाको बारेमा जानकारी दिन प्रत्येक ३ महिनामा प्रदेशको राजधानीमा पत्रकार सम्मेलन गर्ने पनि मन्त्री ढुङ्गेलले बताएका छन् । पत्रकार सम्मेलनमा बजेटको विषयमा प्रष्ट पार्दै प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.खिमलाल देवकोटाले सरकारले गर्ने कामहरुको अनुगमन प्रभावकारी हुन नसक्दा बजेटको प्रभावकारितामा प्रश्न उठ्ने गरेको भन्दै अब प्रदेश सरकारले गर्ने कामका योजनाहरुको अनुगमनको कामलाई प्रभावकारी बनाईने बताए ।