हुम्लाको खार्पुनाथमा जिप दुर्घटना
गुगलपाटी संवाददाता हुम्लाहुम्लाको खार्पुनाथमा जिप दुर्घटना भएको छ । खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि छुटेको जिप बेडुबिसौना भन्ने ठाउँमा पुग्दा मंगलबार दिउँसो सडकबाट तल खसेको हो ।
जिप बाटोबाट सीधै तल कणार्ली नदीमा पुगेको छ । अहिले उद्धारका लागि टोली पुगेको छ ।
जिपमा खार्पु गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीसहित करिब १० जना यात्रु रहेको बताइएको छ ।
सेना र प्रहरीको टोली उद्धारका लागि हेलिकप्टर मार्फत घटनास्थल पुगेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।