पौडी खेल्नेक्रममा डुबेर ३ युवाको मृत्यु

गुगलपाटी संवाददाता बुटवल
३ असार २०७६ ११:०७

पौडी खेल्नेक्रममा डुबेर ३ युवाको मृत्यु भएको छ । कपिलवस्तुको शिवनगरमा रहेको सुरई खोलामा पौडी खेल्दै गर्दा मृत्यु भएको हो ।

जिल्लाको पश्चिमी क्षेत्रको शिवराज नगरपालिकाको सुरई खेलामा पौडी खेल्न गएका छिमेकी बिजयनगर गाउँपालिका वडा नम्वर ६ का ३ युवाको आज दिउँसो डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा प्रवक्ता प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताएका छन् ।

मृत्यु हुनेमा कपिलबस्तुको विजयनगर गाउँपालिका वडा ६ का १८ बर्षका आशिक भट्टराई, सोही स्थानका १७ बर्षिय निरन्जन भुषाल र १७ बर्षिय सुमित सुनार रहेका छन् ।